जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

७ जेठ ०८०, विराटनगर । वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै सर्वसाधरणबाट साढे दुई करोड बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

दुई करोड ५३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक वर्षदेखि फरार मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशीलाई प्रहरीले शनिबार विराटनगरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार उनीविरुद्ध मोरङ र झापाका ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।