जेनेरेशन जेड आन्दोलनपछि कांग्रेस सभापति देउवा पहिलोपटक सार्वजनिक

२८ असोज ०८२, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनेरेशन जेड आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिकरुपमा देखिएका छन् ।

मंगलबार ललितपुरको सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा कांग्रेस सभापति देउवा र उनकी पत्नी आर्जु देउवा सार्वजनिकरुपमा देखिएका हुन् ।

गतभदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै घरमा आन्दोलनकारीको कुटपिटमा परेका देउवा उक्त घटनापछि सार्वजनिक रुपमा देखिएका थिएनन् ।