जेनेरेशन जेड आन्दोलन दमन गर्नेलाई अनुसन्धान गर्न सर्वोच्चमा रिट निवेदन दर्ता

२८ असोज ०८२, काठमाडौं । सर्वोच्च अदालतमा गतभदौ २३ र २४ को जेनेरेशन जेड आन्दोलन दमन गर्नमा संलग्नहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने माग गरी रिट निवेदन दर्ता भएको छ ।

सिन्धुपाल्चोकका युवराज पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरका साथै जेनजी आन्दोलन दमनमा चार जना प्रत्यक्ष संलग्न रहेको भनि उनीहरूमाथि कारबाहीको माग राखेका हुन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख ९महानिरीक्षक० र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फौजदारी अनुसन्धानमा अनुसन्धान गर्न आदेशको माग गरेका हुन् ।

उनले रिट निवेदनमा भनेका छन्, ‘उक्त कार्य गर्न अवरोध सिर्जना गर्ने गरी नेपाल सरकार वा कुनै मन्त्रालयबाट निर्णय भएको रहेछ भने खुलाउन लगाई सो निर्णय बदर गरी पाऊँ ।’