जेन-जी आवरणमा आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न नेविसंघको माग

३१ असोज ०८२, काठमाडौं । नेपाल विद्यार्थी संघले शैक्षिक संस्थाहरूमा जेन-जी आन्दोलनको आवरणमा भएको तोडफोड, आगजनी र लुटपाट गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले शुक्रबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई माग पत्र बुझाउँदै २३ र २४ आन्दोलनमा शैक्षिक संस्थाहरूमा भएको घटनाका दोषीहरुलाई कार्बाही गर्नुपर्ने माग गरेको हो ।

आइजिपी खापुङसँग नेविसंघले आन्दोलनमा घुसपैठ गरी राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतहरू, मालपोत कार्यालयहरू, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय तह साथै शैक्षिक संस्थाहरूमा तोडफोड, आगजनी, लुटपाट गर्नेहरुलाई निष्पक्ष छानबिन गरी कानूनी कारबाही गर्न आग्रह गरेको छ ।