२३ भदौ ०८२, काठमाडौं । आज अपरान्ह जेन–जीहरूले गरेको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
गृहमन्त्री लेखकले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।
उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।
त्यसअघि आजै बसेको नेपाली काँग्रेसको बैठकलाई उनले नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।













