झ्यालगैरा खानेपानीको अध्यक्ष चुनिए मनबहादुर, सचिवमा इश्वर

२७ माघ ०८१, तनहुँ । जामुने ८ लिफ्ट (झ्यालगैरा) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारण सभा तथा अधिवेशनबाट मनबहादुर थापाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको छ

शनिबार रामफुनमा आयोजित चौथो साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष मनबहादुर थापा, उपाध्यक्ष विष्णुमाया गरन्जामगर, इन्दिरा साई, सचिव इश्वरराज काफ्ले, कोषाध्यक्ष पविता आले रहेको नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमिति सदस्यहरु तिलक थापा, दामोदर घिमिरे, तीर्थ बहादुर रिजाली, सीता थापा, दलबहादुर थापा र सिर्जना वि.क. सर्वसम्मत चयन भएका छन् ।

उक्त अधिवेशनमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य साथै नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश सहसचिव एवम् उपभोक्ता सोमबहादुर थापा ‘एसबी’को विशेष आतिथ्य रहेको थियो भने ऋषिथुम टोल विकास संस्थाका अध्यक्ष कमलजंग थापा, रिजर्भ पानाीटंकी निर्माणका लागि जग्गादाता शीव शंकर काफ्ले लगायतको आतिथ्य रहेको थियोे ।

साधारणसभा तथा अधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि श्रीप्रसाद श्रेष्ठले खानेपानीलाई थप व्यवस्थित गर्न स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

यस्तै यस खानेपानीका उपभोक्ता समेत रहेका नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश सहसचिव सोमबहादुर थापामगरले यस योजनाका लागि आफूले सुरुवातीचरणदेखि नै विशेष पहल लिएको बताउँदै सोलार सिस्टमबाट भइरेको पानी अपुगको अभाव विधुतीकरण गरेर हल गर्न आवश्यक पहल लिने बताए ।

नवनिर्वाचित समितिका सदस्य तिलक थापाले यस जामुने ८ लिफ्ट झ्याल गैरा खानेपानी उपभोक्ता समितिमार्फत् एक सय ६६ घरघुरी लाभान्वित भएको साथै करिब ९ सय जना उपयोगकर्ता रहेको जानकारी दिए ।

साधारण सभा तथा अधिवेशनको केही तस्बिरहरु: