टिचिङ अस्पतालमा नर्सहरू माग

२३ जेठ ०८२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा रोजगारीको अवसर खुलेको छ ।

अस्पतालले नर्सिङ विषयमा प्रमाणपत्र तह वा बीएससी नर्सिङ उत्तीर्ण गरेका १ सय जना नर्स माग गरेको हो ।

योग्य उम्मेदवारहरूले आगामी जेठ २५ देखि असार १ गतेसम्म अस्पतालमा आवेदन दर्ता गराउन सक्ने छन । आवेदन दिनका लागि पुरुषको हकमा ४० वर्ष र महिला उम्मेदवारको लागि ४५ वर्ष तोकिएको छ ।