टियूको जग्गा मिच्नेमाथि अनुसन्धान र खोजबिन, प्रतिवेदन पुग्यो अख्तियारमा

३ मंसिर ०८२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियू)को जग्गा मिच्नेमाथि अनुसन्धान तथा खोजबिन गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जग्गा मिच्नेमाथि अनुसन्धान खोजबिन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको बताएका हुन् ।

जग्गा छानबिन गरेर त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउनुपर्ने कुराहरू प्रतिवेदनमा आएको भन्दै मन्त्री पुनले भने, ‘कुनै कुराहरू कानुनी रूपमा गाह्रो छ । कानुनी कुराहरूलाई अख्तियारमा लगेर दिइसकेको छ । अख्तियारले अगाडि बढाओस् भनेर दिएको हो ।’