१ कार्तिक ०८०, काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र हङकङ बीच टी–२० आई खेल हुँदैछ ।
पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपालले आजको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे खेल्ने छ ।
टी–२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा दुई/दुई खेल खेल्ने छन् ।













