२६ भदौ ०८२, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बन्दी कैदीहरु सँगसँगै भागेका टोपबहादुर रायमाझी कारागार फर्कन तयार रहेको बताइएको छ ।
कारागार प्रशासनका अनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका छन् ।
रायमाझीले नै आफू स्वयं कारागार आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले भन्छ, ‘ठीक छ हाम्रै सम्पर्कमा रहनु होला । परिस्थिति सबै मिलेपछि खबर गर्छौं भनेर भनेका छौं ।’
रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए ।













