२६ मंसिर ०८२, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ट्रक र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कारसँग ठोक्किँदा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्रीको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन् ।
उनीहरुको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।













