डिजल र मट्टीतेलको मूल्य बृद्धि

१७ माघ ०८२, काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमले  डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।

मूल्य बढेसँगै पहिलो वर्ग समूहमा पर्ने क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग समूहका क्षेत्रमा १३८ रुपैयाँ र तेस्रो वर्ग समूहका क्षेत्रमा १३९ रुपैयाँ ५० पैसा पुगेको छ ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्ग पर्दछन । काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्ग अन्तर्गत पर्दछन ।\

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ ।

निगमका अनुसार एल. पि. ग्याँसको मूल्य बढेर आएको भएता पनि हाललाई बिक्री मूल्य यथावत राखिएकोजनाएको छ ।

नयाँ मूल्य माघ १८ गते बिहानदेखि लागू हुनेछ ।