तीनकुनेमा प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

२० चैत्र ०८१, काटमाडौं । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ ।

गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको सचिवालयले जनाएको छ । उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।

उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको र महर्जनको भने शरिरमा एउटा गोली लागेको भेटिएको चिकित्सकले बताएका छन् ।