२० भदौ ०८२, ललितपुर । आजबाट तीन दिनसम्म नेकपा एमालेको विधान महाधिवेशन हुँदैछ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशन २२ गतेसम्म चल्नेछ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे विधान महाधिवेशन उदघाटन गर्ने नेकपा एमालेले जनाएको छ ।
आयोजकसहित देशभरिका करिब २५ सय जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताइएको छ ।













