त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : अबरुद्ध उडान र अवतरण सञ्चालन

२२ कार्तिक ०८२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर अबरुद्ध उडान सञ्चालनमा आएको छ ।

विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पालेले दिएको जानकारी अनुसार साँझ साढे ५ बजेबाट अवरुद्ध भएको उडान र अवतरण प्रणाली ४ घण्टापछि सुचारू भएको छ ।

प्रवक्ता सेर्पाले के कारणले यो फिल्ड लाइटिङमा समस्या आएको हो भन्ने बारे थप अध्ययनपछि मात्रै भन्न सकिने बताइन् ।

लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा रहेको थियो भने जहाज अन्यत्र डाइभर्ट गरिएको थियो ।