थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमित ४५ हजार २७७

२० भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार ४१ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

यस्तै उनले हाल आइसोलेसनमा १७ हजार ८७० जना र क्वारेन्टाइनमा ६ हजार ७०१ जना रहेको बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट निको हुनेको कूल संख्या २७ हजार १२७ पुगेको जानकारी दिए ।