१३ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार ५१३ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
यस्तै हाल आइसोलेसनमा २० हजार ३९६ जना र क्वारेन्टाइनमा ५ हजार ७७८ जना रहेको उनले बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा ७३१ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ५५ हजार ३७१ जना पुगेको जानकारी दिए ।
यस्तै उनले थप १० जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ४९१ पुगेको छ ।













