थप कोरोना पुष्टि संख्या ८२, कुल संक्रमित १६ हजार ८ सय १ जना

२८ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको बताएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ ।

उनले हाल आइसोलेसनमा ८ हजार १ सय ७४ जना र क्वारेन्टाइनमा २३ हजार ७ सय ८४ जना रहेको पनि जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएको साथै हालसम्म ३८ जना संक्रमितको निधन भएको जनाएको छ ।