थप तीन हजार ७९० जनामा कोरोना पुष्टि, कूल संक्रमित एक लाख ३६ हजार ३६ पुग्यो

३ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा तीन हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गएको चौबीस घण्टामा तीन हजार ७९० जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा ४० हजार ७७८ जना र क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेको उनले बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा दुई हजार ३३५ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ९४ हजार ५०१ जना पुगेको जानकारी दिए ।

यस्तै उनले थप १८ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ७५७ पुगेको छ ।