थप दुई हजार २२५ मा कोरोना पुष्टि, आइसोलेसनमा कूल ४६ हजार ५७ जना

८ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार गएको चौबीस घण्टामा दुई हजार २२५ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा ४६ हजार ५७ जना र क्वारेन्टाइनमा ३ हजार ३२२ जना रहेको मन्त्रालयले बताएको छ ।

कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा दुई हजार ८४६ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या एक लाख ८ हजार ३३४ जना पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयले थप १३ जना कोरोना संक्रमितको निधन भएको बताएको छ भने योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ८४२ पुगेको बताएको छ ।