२ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गएको चौबीस घण्टामा दुई हजार ९४२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ ।
यस्तै हाल आइसोलेसनमा ३९ हजार ३४१ जना र क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेको उनले बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा दुई हजार ३२६ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ९२ हजार १६६ जना पुगेको जानकारी दिए ।
यस्तै उनले थप १२ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ७३९ पुगेको छ ।













