२ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ हजार १६ जना कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षण गरिएकोमा १ हजार १६ जनामा कोरोना पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप संक्रमितसँगै नेपालमा कुल संक्रमित संख्या २८ हजार २५७ पुगेको बताए । उनले हाल सक्रिय संक्रमितहरूको संख्या १० हजार ५६३ रहेका र क्वारेन्टाइनमा १३ हजार ९२६ रहेको बताए ।
आइसीयूमा रहेर उपचार गरिरहेका बिरामीहरु प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा क्रमशः ४, ४९, ५२, ६ र १० जना गरी कूल १२१ जना रहेको उनले बताए ।
यस्तै कोभिड–१९ संक्रमित थप सात जनाको मृत्यु भएको र योसँगै मृत्यु हुनेको कूल संख्या ११४ पुगेको प्राडा. गौतमले बताए ।













