६ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित संख्या ४ सय २ पुगेको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले कोरोना भाइरसबाट थप २७ संक्रमित भएको र यससँगै संक्रमित कूल ४०२ पुगेको बताएका हुन् ।
थपिएका २७ संक्रमितमा २४ पुरुष र ३ महिला रहेको बताइएको छ । जसमध्ये काठमाडौँमा थप ३, भक्तपुर १ र ललितपुरमा १ जनालाई संक्रमण पुष्टि भएको छ ।
यसैगरी, झापा ९, कपिलवस्तु ४, सर्लाही २, मोरङ १, सुनसरी १, रामेछाप १, मकवानपुर १, सिन्धुली १, लमजुङ १ र नवलपरासीमा १ संक्रमित भएका छन् ।
मन्त्रालयले अहिलसेम्म ३६ जिल्लामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ ।













