थप ६३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि, कूल संक्रमित २३ हजार ९४८ पुगे

२७ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको जानकारी दिएको छ । योसँगै नेपालमा कूल संक्रमित संख्या २३ हजार ९४८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ६३८ नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले देशभर सक्रिय संक्रमित संख्या ७ हजार २०१ रहेको र क्वारेन्टाइनमा ११ हजार ५८ रहेको पनि बताए ।

उनले हालसम्म १६ हजार ६६४ संक्रमित निको भई घर फर्किसकेको बताए ।