थुनुवा फरार भएपछि इन्स्पेक्टरसहित २५ जना जिल्लामा तानिए

१७ माघ ०७९, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएका छन् ।

थुनुवा फरार भएसँगै त्यहाँका इन्स्पेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार जिल्लामा तानिएको छ ।

रातिको समयमा डिउटी बसेका तीन जना प्रहरी जवानलाई निलम्बन समेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । तीमध्येका हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ ।