दुई तिहाइ मत ल्याउने तयारी थाल्न कार्यकर्तालाई वामदेव गौतमको निर्देशन

२२ मंसिर ०८२, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई तिहाइ मत ल्याउन अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले निर्वाचनबाट दुई तिहाइ बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताउँदै निर्वाचनको तयारी थाल्न निर्देशन दिएका हुन् ।

जनताको घरदैलोमा पुग्न पार्टीका नेताहरुको अभाव नरहेको भन्दै टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनतामा जानुपर्ने उनको भनाइ रहेको छ ।

देशमा समाजवाद ल्याउन नेकपाले दुई तिहाइ ल्याउनै पर्ने भन्दै उनले समाजवाद निर्माणका लागि युवाहरूलाई उत्पादनसँग जोड्नु पर्नेमा जोड दिए ।

रोजगार नपाएर नै युवाहरू आन्दोलनमा उत्रिने गरेको भन्दै उनले १६ वर्षदेखि ९० वर्ष मुनिका काम गर्नसक्ने जनशक्तिलाई श्रम गर्न लगाउन अपरिहार्य भएको बताए ।