४ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ ।
प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, दुर्गा प्रसाईं पक्राउ परेपछि खड्कासहितका युवाहरू परिसरमा पुगेका थिए । सोही क्रममा प्रसाईंका सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
खड्कालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ ।













