दुर्गा प्रसाईं समूहको सरकारसँग सहमति आन्दोलन फिर्ता

६ मंसिर ०८२, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।

बालुवाटारमा सरकारसँग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो ।

वार्ताका लागि उक्त समुहका सदस्यहरू शनिबार साँझ बालुवाटार पुगेका थिए ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना लगायत थिए ।

सो क्रममा भोलिको आन्दोलन फिर्ता लिने र अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको पनि जनाइएको छ ।