धरानका प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघा समूहबीच झडप

३ असार ०८२, विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघा समूहबीच चर्काचर्की भएको छ ।

प्रमुख साम्पाङ र उपप्रमुख बेघा समूह बीच श्रमदानको भुक्तानी विवादलाई लिएर चर्काचर्की भएको हो ।

मंगलबार दिनभर दुई समूह्बीचको चर्काचर्की विवादले नगर परिसर तनावग्रस्त बनेको थियो ।

‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले नगरपालिकासँग ७ लाख ४१ हजार भुक्तानी माग गरेको थियो ।

१७ लाख ४० हजार बराबरको काम मध्ये ९ लाख ९८ हजारको श्रमदान र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागेपछि उपमेयर बेघाले रोकिदिएका थिए ।

दुई वटा काम रोकिएपछि सोमबार दुई पक्षबीच सामान्य चर्काचर्की भएको थियो तर मंगलबार भने हात हालाहालको स्थिति बनेको प्रहरीले बताएको छ ।