२० कार्तिक ०८२, काठमाडौं । निर्वाचन आयोगले एक लाख ३६ हजार ६० जना थपिए नयाँ मतदाता थपिएको बताएको छ ।
निर्वाचन आयोगका अनुसार आज साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार थपिने मतदाताको संख्या एक लाख ३६ हजार ६० जना रहेको छ । आज मात्रै ११ हजार १९७ जना नयाँ मतदाता थपिएका छन् ।
हालसम्म थपिएका नयाँ मतदातामा ८१ हजार ८६४ र महिलाको संख्या ५४ हजार १७८ र अन्य १८ जना रहेका छन् ।
निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । जारी मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।
आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ













