नवौं राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी क्लब बन्यो च्याम्पियन

३ कार्तिक ०७९, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

च्याम्पियन बनेको सेनाले गण्डकीको विभिन्न जिल्लामा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा एक सय ७२ स्वर्णसहित कूल तीन सय ७१ पदक जित्यो जसमा एक सय ९ रजत र ८९ कास्य हात पारेको छ ।

अर्को विभागीय टीम एपीएफले ६४ स्वर्ण ७३ रजत र ८१ कास्यसहित १९५ पदक जितेर दोस्रो भएको छ ।

यसैगरी अर्का विभागीय टीम नेपाल पुलिस क्लबले ६१ स्वर्ण ६१ रजत र ७३ कास्यसहित कूल १२० पदक जितेर तेस्रो बनेको छ ।

सात प्रदेश मध्येमा पहिलो बन्न सफल आयोजक गण्डकी नवौं राष्ट्रिय खेलकुदमा चौथो भएको छ । गण्डकीले ३२ स्वर्ण ३१ रजत र ५७ कास्य पदक जितेको छ ।

यस्तै २४ स्वर्ण ४७ रजत र ७४ कास्यसहित १४५ पदक जितेर बागमती प्रदेश पाँचौ भयो ।

यसैगरी नवौं राष्ट्रिय खेलकुदमा प्रदेश नं. १ ले ८३ पदक, लुम्बिनी प्रदेशले ६८ पदक, सुदूरपश्चिम प्रदेशले ६३ पदक, मधेश प्रदेशले ३९ पदक, एनआरएनएले २६ पदक र कर्णाली प्रदेशले १८ पदक हात पारेका छन् ।