१५ साउन ०८२, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् ।
श्रीमती रञ्जीता श्रेष्ठलाई अध्यक्षबाट हटाएर नाउपाको संरक्षक रहेका रेशम चौधरीले आफ्नै बुबा लालबीरलाई अध्यक्ष बनाएका हुन् ।
लालबीरलाई संरक्षक चौधरी समूहको बुधबार भएको राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेको थियो ।
राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि लालवीरले पार्टीलाई विधि विधानअनुसार अघि बढाउने बताएका छन् ।













