नागरिकता विधेयकविरुद्ध ढोल ठटाउँदै विरोध प्रर्दशन

१९ जेठ ०८०, काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयकविरुद्ध स्टीलका भाँडाकुँडा (ढोलका रुपमा) ठटाउँदै विरोध प्रर्दशन गरेका छन् ।

केन्द्रले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रघाती भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् ।

नागरिकता विधेयक तथा भारतीय विस्तारवादी हेपाहा प्रवृत्तिविरुद्ध विरोध प्रदर्शन कार्यक्रम लेखिएको व्यानरसहित केन्द्रका कार्यकर्ता टिन र ढोल ठटाउँदै नारावाजी गरेका थिए ।