१ पुस ०८२, काठमाडौं । निर्वाचन आयोग फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन सवारी साधन सञ्चालनमा रोक नलगाउने गरी अघि बढेको छ ।
निर्वाचन आयुक्त सगुन शमशेर जबराले मंगलबार आयोगमा आयोजित छलफलमा यस्तो जानकारी दिएका हुन् ।
उनले भने, ‘हामी सकेसम्म यो पटक निर्वाचनको दिनपनि सवारी आवागमनमा रोक नलगाउने पक्षमा छौँ । गाडीमा नचाहिने मान्छेहरू ओसारपोसार हुन्छ भनेर विगतको निर्वाचनमा सवारी आवागमनमा रोक लगाउने गरेका थियौं ।’
विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको बताए ।
स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पु¥याउने व्यवस्था गर्नसक्ने भएपनि आयोग आफैंले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिनसक्ने अवस्था भने नरहेको पनि आयुक्त जवराले बताए ।













