नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई गोलरहित बराबरीमा रोक्यो

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई गोलरहित बराबरीमा रोकेको छ ।

बिहीबार नेसनल स्टेडियममा भएको खेलमा घरेलु मैदानमा हङकङले नेपालमाथि लगातार आक्रमण गरेपनि बराबरीमा रोकेको हो ।

एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ ।