नेपाली कम्युनिष्ट पार्टीसँगको छलफलपछि जसपाले बोलायो कार्यकारिणी समिति बैठक

३० कार्तिक ०८२, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा)बीच पार्टी एकताबारे छलफल भएको छ ।

प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जसपा शनिबार पेरिसडाँडामा छलफल भएको हो ।

छलफलमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट देव गुरुङ, वर्षमान पुन, प्रमेश हमाल र जसपाबाट राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो ।

नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलपछि जसपाले मंसिर १ गते सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।