१३ बैशाख ०८२, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि नेपाली महिला क्रिकेट टोली भारत जाँदैछ ।
नेपाली टोली भारतमा गएर अभ्यास खेल खेल्नेछ भने भारतको दिल्लीमा हुने अभ्यास खेलको तालिका र अन्य जानकारी क्यानले आधिकारिक रूपमा आजै सार्वजनिक गर्ने जनाएको छ ।
आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको महिला टोलीले यसअघि चारदेशीय टी–२०आई शृंखला खेलेको थियो ।













