नेपाल प्रहरीका सई खिमबहादुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

१६ बैशाख ०८२, काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई)विरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्काविरुद्ध ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सई खड्काले भारतबाट भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका लागि सामान ल्याउन दिने भन्दै सेवाग्राहीबाट ३० हजार रुपैयाँँ घुस लिएको प्रमाणित भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

खड्कालाई घुस मागेको सूचना र उजुरी निवेदन परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ रकम सहित नियन्त्रणमा लिएको थियो ।