नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित

३० असार ०८२, काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले छानबिन समिति गठन गरेसँगै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा स्वतः निलम्बित भएका छन् ।

उनको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेसँगै अध्यक्ष ओझा निलम्बनमा परेका हुन् ।

एक मन्त्रीले दिएको जानकारीअनुसार पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको छ । समितिका अन्य दुई जना सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला रहेका छन् ।

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।

ओझामाथि फर्जी कागजात पेश गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ । यसै पृष्ठभूमिमा सरकारले उनलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।