नेपाल शिक्षक महासंघको बैठक बस्दै, आन्दोलनबारे निर्णय लिइने

३ भदौ ०८२, काठमाडौं । नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको बैठक काठमाडौंमा बस्दैछ ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आएको महासंघले आन्दोलनबारे निर्णय लिन बैठक बसेको हो ।

‘काठमाडौंमा आजदेखि सुरु भएको बैठकले आन्दोलनबारे निर्णय लिनेछ,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक र भदौ दोस्रो सातादेखि गर्ने भनिएको आन्दोलन बैठकको मुख्य एजेन्डा रहेको छ ।’

उनले सरकारसँग विगतमा भएको सहमति विधेयकमा समावेश नगरिएको भन्दै ‘यसबारे बैठकले निर्णय गर्ने बताएन् ।

बैठकको निर्णय भदौ ५ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइन् ।