
२७ माघ ०८१, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजबाट सुरु भएको छ ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको महाधिवेशन काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा आज आइतबारबाट सुरु भएको हो । महाधिवेशन माघ आगामी २९ गतेसम्म चल्ने बताइएको छ ।
महाधिवेशनको उद्घाटन सत्र अहिले चलिरहेको छ । उद्घाटन सत्रमा सहभागी हुन नयाँ र वैकल्पिक पार्टीहरूलाई मात्रै निम्तो दिइएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटा लगायत पुगेका छन् ।
महाधिवेशनमा अन्य ठूला राजनीतिक दलका नेतृत्वलाई निम्तो दिइएको छैन ।













