नेविसंघमा प्रेमिका रानालाई कारबाहीको माग

२० पुस ०८१, काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी नेत्री प्रेमिका रानामगरलाई कारबाहीको माग गरेका छन् ।

अध्यक्ष शेर्पाले अनुशासनको कारबाहीको माग गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका हुन् ।

शेखर पक्षकी नेत्री प्रेमिकाले अध्यक्ष दुजाङको नेतृत्वमा रहेको संघमा अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएकी थिइन् ।

रानामगरले विज्ञप्ति निकालेर ‘जय नेपाल कप’का गर्नका लागि संघका अध्यक्ष शेर्पाले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयहरुवाट अनैतिक रुपमा पैसा उठाएको उनले आरोप लगाएकी थिइन् ।

यता दुजाङले भने संघद्वारा आयोजना हुँदै गरेको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगितालाई जोडेर अनर्गल प्रचार गरेको आरोप लगाएका छन् ।