२१ साउन ०८०, काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेटेर पत्रकारहरुको न्युनतम् पारिश्रमिक बृद्धिका लागि सिफारिस गरेको छ ।
आइतबार समितिकी अध्यक्ष संगीता खड्कासहितका सदस्यहरुले सञ्चारमन्त्री शर्मालाई भेटेर श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक ३४ हजार १ सय २४ बनाउनुपर्ने प्रस्ताव गरेकी हुन् ।
समितिले गरेको सिफारिसमा पाँचौ तहको ३७ हजार ५ सय ३८ रुपैया, बरिष्ठ संवाददाता, भाषा सम्पाक साथै सहायक सम्पादक वा सो सरहको पारिश्रमिक ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्ताव गरेको छ ।














