१० भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८८५ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मन्त्रालयको प्रेस ब्रिफिङमा राष्ट्रिय अद्यावधिक विवरणबारे जानकारी दिँदै थप ८८५ जना कोरोना संक्रमित पुष्टि भएको र योसँगै नेपालमा कूल संक्रमित संख्या ३४ हजार ४१८ पुगेको बताए ।
उनले हाल १४ हजार ७३९ जना आइसोलेसनमा रहेको पनि जानकारी दिँदै पछिल्लो चौबीस घण्टामा ३८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको बताए ।













