पाटन अस्पतालमा कोरोना संक्रमित एक पुरुषको निधन

१० भदौ ०७७, ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरले पाटन अस्पताल ललितपुरमा मंगलबार राति कोरोना संक्रमित एक पुरुषको निधन भएको जानकारी दिएको छ ।

गत साउन २३ गतेदेखि पाटन अस्पताल ललितपुरमा उपचार गराइरहेका काठमाडौं निवासी ५४ वर्षीय पुरुषको राति ९ः३० बजे निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको हो ।