पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क एचपीभी खोप अभियान सुरु

२२ माघ ०८१, काठमाडौं । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर यो अभियान शुभारम्भ गरेका हुन् ।

आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ ।

देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ ।