पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता

२२ जेठ ०८२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको छ ।

नेपालविरुद्ध अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मुद्दा दर्ता भएसँगै उनको सांसद पद निलम्बनका लागि पत्र संसद् सचिवालय पुगेको छ ।

संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बैठकमा पढेर सुनाएपनि नेपालको सांसद पद निलम्बन हुनेछ ।

पार्टी कामको सिलसिलामा रौतहटमा पुगेका नेपालले जिल्लाका नेताहरूसँग आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताएका छन् ।