१७ चैत्र ०८१, काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र हुलाकमार्फत पठाएको छ ।
शुक्रबारको तीनकुने र आसपासको क्षेत्रमा भएको घटनामा पूर्वराजा शाहले जरिवाना पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाक मार्फत पत्र पठाएको हो ।
महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।
कुनकुन शीर्षकमा कति जरिवाना माग गरियो ?
१) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख
२) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख
३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख
६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख
७) महानगरको दमकल फुटाएको १ लाख ३० हजार
८) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड – ४० हजार
९) तीनकुनेको आइल्याण्डमा तोडफोड २३ हजार













