पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घट्यो

२ चैत ०८१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य घटाएको छ ।

निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेर पेट्रोलमा पाँच रुपैयाँ डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।
निगम सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातिबाट उक्त मूल्य लागू हुनेछ ।