पेट्रोलियम पदार्थको मूल्य समायोजन : डिजेल र मट्टीतेल लिटरमै १० रुपैयाँ घट्यो

२ जेठ ०८०, काठमाडौं । नेपाल आयल निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

जसमा डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । घटेको मूल्यअनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेल १६५ रूपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको थियो ।

यस्तै निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने पूरानै कायम गरेको छ ।